कांग्रेस नेता खतिवडाद्वारा बिरामीलाई उपचार खर्च हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बिरामी भइ काठमाडौंमा उपचार गराइरहेका जिल्लाबासीलाई विभिन्न व्यक्तिहरूबाट संकलित खर्च हस्तान्तरण गरेका छन् ।

काठमाडौंको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार गराइरहेका ओखलढुंगाका जिमे तामाङलाई खतिवडाले संकलित १ लाख ३० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।

बुधबार सैनिक अस्पताल छाउनीको प्राङ्गणमा खतिवडाले जिमे तामाङका छोरालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले संकलन गरेको सो रकममा कांग्रेस नेता खतिवडाले पनि केही रकम थपेका थिए ।

जिमे तामाङको उपचार खर्चका लागि नेपालमा रहेका रामकुमार तामाङ र जुनबहादुर तामाङले संयोजनको भूमिका खेलेका थिए ।

नेपाली सेनाको सोही अस्पतालमा कार्यरत ओखलढुंगा घर भएका कर्नेल सुरज लामिछानेले पनि उपचार गराइरहेका जिमे तामाङलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।

रकम हस्तान्तरण गर्ने क्रममा कांग्रेस नेता खतिवडाले ओखलढुंगाका सर्वसाधारणहरूले स्वदेश तथा विदेशमा रहेपनि मानवीय भावना देखाएर सहयोग गरेको भन्दै धन्यावाद दिएका छन् ।

उनले भने, ‘आफ्नो जिल्लाबासीको उपचारमा चासो देखाइ सहयोग गर्ने सबैलाई धन्यावाद । सबै मिलेर जाने हो भने धेरै ठूला कामहरू हुन सक्छन् ।’

Published : Wednesday, 2020 July 15, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया