कांग्रेसद्वारा धरानमा जनप्रतिनिधि र कर्मचारीको बेरुजु फछ्रर्यौट गर्न माग

धरान । नेपाली कांग्रेसले धरानका जनप्रतिनिधि तथा कर्मचारीको नाममा करोडौँ रकम बराबरको बेरुजु फछ्रर्यौट गर्न माग गरेको छ ।

मंगलबार नेपाली कांग्रेसको धरान कार्यसमितिले त्यस्तो बेरुजु तथा बाँकी बक्यौता रकम फछ्रर्यौट गर्न आग्रह गरेको हो ।

कांग्रेसको धरान उप–महानगर समितिले पञ्चायतकालदेखि अहिलेसम्मका जनप्रतिनिधि, उपभोक्ता समिति, सामाजिक संघ–संस्थाहरू, नगरपालिकाका कर्मचारी लगायतको नाममा बेरुजु रकम यथेस्ट रहेको भन्दै त्यस्तो रकम तुरुन्त फछ्रर्यौट गराउन माग गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नाममा रहेको बेरुजु रकम नगरपालिकाकै प्राविधिक कारणबाट बेरुजु देखिएको बताएको छ ।

मेयर तिलक राईले २०६० सालमा तत्कालीन अवस्थामा बुद्ध चोक क्षेत्रको विकासको क्रममा चोक बिस्तार, ड्रेन तथा फुटपाथ र पिचको कमम सम्पन्न गरेको भन्दै त्यसको अभिलेख स्वरुप माइन्युट रहेको दाबी गरेको छ ।

मेयरको मात्रै नाम उल्लेख गरेर बेरुजुसम्बन्धी नियोजित ढंगले समाचार निकालेर भ्रम फैलाउन खोजिएको समेत कांग्रेसले स्पष्ट पारेको छ ।

कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङले हस्ताक्षर गरेका छन् ।

Published : Wednesday, 2020 July 15, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया