सबै सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्डहरूलाई ध्यानमा राखेर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको जानकारी दिए ।

कठिनाइका बाबजुद कोरोनाभाइरसको संक्रमणभन्दा अगाडिकाे बेला जस्तै सहज नरहेको भन्दै डा.गौतमले सार्वजनिक यातायातका साधन चलाउन दिने निर्णय सरकारले गरेको बताए ।

उनले सवारी साधनमा सवार हुँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेका छन् । उनले भाैतिक दुरी कायम गरी सवारी साधन चलाउन र यात्रा गर्न भनेका छन् ।

सरकारको यो निर्णयसँगै अबदेखि सार्वजनिक सवारी साधनहरू सहज रुपमा चल्नेछन् ।

Published : Tuesday, 2020 July 14, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया