काठमाडौंमा मंगलबार दुई जनामा कोरोना, देशभरि ११६ मा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका दुई संक्रमितसहित देशभरि ११६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा १ जना कोरोना भाइरसको संक्रमण देखिएको डा.गौतमले बताए ।

भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

Published : Tuesday, 2020 July 14, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया