यस्ता छन् ओलीका लकडाउनका पाँच सूत्र, घरभित्रै व्यायाम गरेर आराम गर्न निर्देशन

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गरेका छन् ।

सोमबार देशबासीका नाममा बालुवाटारबाट सम्बोधन गर्दै ओलीले कोरोना भाइरसको संक्रमणबाट लड्दै निरोगी नेपाल निर्माणका लगि तयार रहन निर्देशन दिएका हुन् ।

‘पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं’, ओलीले भनेका छन् ।

‘दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं’, उनले भने, ‘शारीरिक र श्वास प्रश्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।’

‘तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ’, ओलीले भने ।

‘चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ’, ओलीले सम्बोधनमा भनेका छन् ।

‘पाँचौं, उच्च मनोबल कायम राखौं’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ ।’

Published : Monday, 2020 May 25, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया