तौलिहवामा निको भए कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तु जिल्लामा एक जना निको भएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले तौलिहवामा उपचाररत एक जना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।

तौलिहवामा डिस्चार्ज भएका व्यक्ति स्वास्थ्यकर्मी भएको डा.देवकोटाले बताएका छन् ।

तौलिहवाबाट डिस्चार्ज भएका स्वास्थ्यकर्मीसँग नेपालमा अहिलेसम्म ११२ जना निको भएको डा.देवकोटाले बताए ।

Published : Monday, 2020 May 25, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया