कांग्रेसका युवा नेता मल्लद्वारा पर्वतका स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री प्रदान

कुश्मा । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना भाइरसको संक्रमणविरूद्ध स्थानीय तहहरूलाई निःशुल्क रुपमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

कोरोनाविरुद्धको अभियानमा हातेमालो गर्दै कांग्रेस नेता मल्लले आइतबार पर्वतका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

व्यक्तिगत खर्चमा कांग्रेसका युवा नेता मल्लले स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको कांग्रेसले जनाएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष मल्लले तापक्रम नाप्ने थम्रोग्राफ, मास्क, सेनिटाइजर र ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको बताएका छन् ।

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल र मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललाई अध्यक्ष मल्ले स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

अध्यक्ष मल्लले फलेवास नगरपालिका र विहादी गाउँपालिकालाई यसअघिनै स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् ।

मानवीय भावनाले आफूले स्थानीय तहहरूलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न स्वास्थ्य सामग्री उपलध राएको मल्लले बताएका छन् ।

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले अध्यक्ष मल्लको सहयोगप्रति धन्यावाद दिए । उनले भने, ‘कोरोनाविरुद्धको संघर्षमा जलजला गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता यामबहादुर मल्लको सहयोग प्रशंसनीय छ ।’

कांग्रेसका युवा नेता एवम् अध्यक्ष मल्लले शुरूवाती चरणबाटै कोरोना भाईरसविरुद्धको अभियानमा आफूलाई समर्पित गर्दै आएका छन् ।

कोरोनाविरुद्धको राहत तथा स्वास्थ्य सामग्री र सवारी व्यवस्थापनमा व्यक्तिगत रुपमा पाँच लाखभन्दा बढिको आर्थिक योगदान गरिसकेको मल्लले बताएका छन् ।

जलजला गाउँपालिकाको अध्यक्ष भएपनि पर्वतका सबै स्थानीय तहप्रति बराबर माया र सद्भाव रहेको अध्यक्ष मल्लले बताएका छन् ।

‘म जलजला गाउँपालिकाको अध्यक्ष हुँ । तर, सबै गाउँपालिकाप्रति मेरो दायित्व छ’, उनले भने, ‘व्यक्तिगत रुपमा सक्दो सहयोग गरेको मात्रै हुँ ।’

Published : Monday, 2020 May 25, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया