सोमबार सार्वजनिक विदा दिन आयोगद्वारा आग्रह

काठमाडौं । मुस्लिम आयोगले ईद पर्वको अवसरमा सोमबार सार्वजनिक विदा दिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार गृह मन्त्रालयलाई पत्र पठाएर आइतबारको साटो सोमबार देशैभरि एक दिन सार्वजनिक विदा दिन आग्रह गरेका हुन् ।

‘मुस्लिम धर्मालम्बीहरूको महान चाड ईद उल फित्रको अवसरमा जेठ ११ गते सार्वजनिक विदा दिने नेपाल सरकार (मन्त्रिपरिषद)बाट निर्णय भएतापनि चन्द्रमाको अवलोकनका आधारमा ईद मनाइने भएकोले जेठ १० गते नेपाल अधिराज्यभरि चन्द्रमा नदेखिएको हुँदा नेपाली जामे मस्जिद, पंज काश्मिरी जामे मस्जिदका पदाधिकारीहरू एवम् ओलमा तथा मुफ्तीहरूको सरसललाह बमोजिम जेठ १२ गते सोमबारका दिन ईद उल फत्र मनाइने निर्णय भएकाले जेठ ११ गतेको विदालाई सच्याइ जेठ १२ गते विदा घोषणा गरदिनुहुन सिफारिस गर्दछु’, आयोगका अध्यक्ष अन्सारीद्वारा गृह मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

Published : Saturday, 2020 May 23, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया