कोरोना निको भएपछि घर गइन काठमाडौंकी युवती

काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा उपचाररत २५ वर्षीया युवती कोरोना भाइरसको संक्रमणबाट निको भएपछि डिस्चार्ज भएकी छिन् ।

बिहीबार ती युवतीलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

जेठ ३ र ७ गते पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उनी निदान अस्पतालको परिसरमा रहेको आरोग्य प्रतिष्ठानमा एकाउन्टेन्ट हुन् ।

निदान अस्पतालले भने जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आवश्यक सुरक्षा प्रविधि अपनाइसकेको र हाल अस्पताल पूर्ण रुपमा डिस्इफेक्ट गरी बहिरंग, अन्तरंग विभाग र अन्य सेवाहरू यथावत सुचारु गरिसकेको छ ।

बिहीबार डिस्चार्ज भएकी युवतीसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४६ पुगेको छ ।

Published : Thursday, 2020 May 21, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया