कांग्रेसकाे रेस्क्यु एप र वेब एप सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ सूचना, संचार तथा प्रचार विभागले ‘एप’ निर्माण गरेको छ ।

नेपाल समेत ४३ देशबाट बुधबार जेठ ७ गते नेपाली समय अनुसार अपरान्ह ३ बजे एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरिएको हो ।

एपलाई सभापति शेरबहादुर देउवाले ट्वीटरमार्फत एप सार्वजनिक गरेका हुन् । नेपाली जनसम्पर्क समिति रहेका ३५ देशमा सभापति एवं संयोजकहरूले तथा अन्य ७ देशमा सामाजिक भूमिकामा रहेका छन् ।

इजरायल, वेल्जियम, संयुक्त अधिराज्य (युके) अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीटजरलैण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलैण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलैण्ड, भारत, चीन, फिनल्याण्ड, आयरल्याण्ड, ओमान, फ्रान्स, साईप्रस, स्वीडेन, लक्जेम्वर्ग, बंगलादेश, मालद्विप्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टा सदस्य रहेका छन् ।

1,  https://play=google=com/store/apps/details<id=com=awesomewalpaper

2,   http://www=nepalicongress=org/rescuenepali

 

Published : Wednesday, 2020 May 20, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया