गगन, प्रदीपहरू कम्युनिस्ट सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुने

काठमाडौं । कम्युनिस्ट सरकारद्वारा संसदमा पारित गराउने तयारीमा रहेको सूचना प्रविधी विधेयकविरुद्ध नेपाल विद्यार्थी संघले विरोध सभा गर्ने भएको छ ।

काठमाडौंमा पुस २४ गते बिहीबार दिउँसो १२ः३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जानकारी दिएको छ ।

विरोध कार्यक्रममा लोक प्रिय नेता पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

संसदको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवालाका माझ बहस सिर्जना भएको छ ।

सामाजिक सन्जालमा यो विधेयकको चर्को आलोचना भएको छ ।

Published : Wednesday, 2020 January 8, 7:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया