राजपाबाट यादव र सिंह राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पार्टीका वरिष्ठ उपाध्यक्षहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको राजपाका शीर्ष नेताहरूको बैठकले प्रदेश २ मा दुई सिटका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष सप्तरीका मृगेन्द्रकुमार सिंह यादव र सप्तरीकै शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

यादवलाई अन्य समूह र सिंहलाई अल्पसंख्यक, अपांगता समूहबाट उम्मेदवार बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश २ मा राजपाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तालमेल गरेर दुई–दुई सिटमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ मा हुँदैछ । त्यसका लागि आइतबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।

Published : Saturday, 2020 January 4, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया