गगनको दमदार आलोचनाबाट थुरुरु भयाे कम्युनिस्ट सरकार

काठमाडौं । झण्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाको चर्को आलोचना गरेका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले थापाको चर्को आलोचना गरेका हुन् । कम्युनिस्ट सरकारले सामाजिक सञ्जालमा कडाइ गर्न ल्याएको सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसका युवा नेता थापाको आलोचना गरेका हुन् ।

मन्त्री बास्कोटाले सूचना प्रविधि विधेयकलाई जसरी पनि ल्याइने बताए । उनले भने, ‘विरोध गरेर केही हुँदैन । काग कराउँदै गर्छ । पिना सुक्दै गर्छ ।’
नेपाली कांग्रेसका युवा नेता थापाको नामै नलिइकन मन्त्री बास्कोटाले भने, ‘आफै कानून मस्यौदा गरेर भ्रम सिर्जना गर्ने ? कानूनी व्यवस्था छोप्ने । खल्तीमा हाल्ने, लुकाउने । त्यसलाई भरसक भन्नै नखोज्ने ।’

‘सत्य भनेपछि सत्य उजागर हुन्छ नि । सत्यसित खेलवाड गर्ने । त्यस हिसावसित आएको छ । जजसले भिडियो सन्देश जारी गर्नुभएको छ’, बास्कोटाले भनेका छन्, ‘कसैले आफैले भन्नुभएको छ नि मलाई फलानाले बारम्बार यस्तो गर्‍यो । मैले मुन्ट्याएर ल्याएर आएँ । उठबस गराएँ । पठाएँ । अनि उहाँलाई चाहिँ न्याय चाहियो ।’

‘नचाहिएको कुरामा बारम्बार कसैले दुःख दिएपछि । उठबस नै गराउनु प¥यो कानून नै थिए । शक्तिको बलमा सत्ताको बलमा वा पदीय हैसियतमा वा सामाजिक प्रभावको हैसियतमा । तर, अरु साधारण मान्छेहरूलाई यो दुःख प¥यो भने चाहिँ तिनले चाहिँ न्याय पाउने कि नपाउने ? अरु बेला कम्युनिस्टलाई भन्नुप¥यो भने अर्बेलको एनिमल फार्म भन्ने उहाँहरू भन्नु हुन्छ’, उनले भनेका छन्, ‘सबै मानिस समान हुन् तर, केही फरक हो भनेर त्यो फरकै परिभाषा कसैलाई चाहिएको छ भने थाहा छैन ।’

‘सरकारले चाहेको कुरा के हो भने कानून सबैका निम्ति बराबर हो । कानूनले कसैलाई विभेद गर्न मिल्दैन । सक्दैन भन्ने कुरा हो । नियतहरूसँग लड्न सकिदैन’, मन्त्री बास्कोटाले कांग्रेस नेता थापाको आलोचना गर्दै भनेका छन्, ‘सत्यहरू छोपेर चलाइएको हल्लाहरू चाहिँ केही समयपछि आफै त्यो बेलुन हुन्छ । सानो छेस्कोले छोएपछि खत्तम । जत्रो सुकै होस् त्यो जान्छ ।’

‘त्यो नगरिदिनुहुन मेरो अनुरोध छ । यो मेरो घुर्की पनि होइन । सामाजिक सञ्जालमा लेखेवाफत नै १५ लाख जरिवाना, ५ वर्ष कैद यी कुरा पनि आएको छ । लेख्नु कुनै अपराध होइन’, उनले भने, ‘धारा ८८ को उपधारा १ मा के उल्लेख गरिएको छ भने कस्ता कुरा लेखेमा ? कस्ता कुराको प्रचार गरेमा ? त्यहाँ त खुलस्त छ । सार्वभौम सत्ताका विरुद्धमा गएमा, नागरिकका वीच जातीय, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक खलल गराउने कार्य गरेमा यस्ता यस्ता कुरा गरेमा पो त्यो हुन्छ त ? मलाई गाली गरियो । काग गराउँदै गर्छ । पिना सुक्दै गर्छ । सामाजिक सञ्जाल दर्ता हुनुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता थापाले सूचना प्रविधि विधेयक ल्याएर कम्युनिस्ट सरकारले सामाजिक सञ्जालमा सर्वसाधारणको अभिव्यक्ति स्वतन्त्रता रोक्न खोजेको भन्दै कठोर रुपमा आलोचना गरेका थिए ।

थापाको आलोचनाबाट डराएको कम्युनिस्ट सरकारले कुनै पनि हालतमा सूचना विधेयक ल्याएर छाड्ने जनाएको छ ।

Published : Friday, 2020 January 3, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया