कांग्रेसका लोकप्रिय नेता एवम् पूर्वसभापति राईको निधन, खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति प्रेमराज राईको निधन भएको छ ।

ललितपुरमा बस्दै आएका राईको सोमबार राति उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए । अस्वस्थ्य भएपछि राईलाई काठमाडौंको ठमेलस्थित मनमोहन अस्पतालमा लगिएको थियो ।

नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति प्रेमराज राई लामो समयदेखि बिरामी रहेका थिए ।

पूर्वसभापति राई नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री स्व.बलबहादुर राईका जेष्ठ पुत्र हुन् । प्रेमराज राई नेपाली कांग्रेसकी सांसद प्रमिला राईका दाजु हुन् ।

स्व.राईको पार्थिव शरीरलाई मंगलबार गृहजिल्ला ओखलढुंगाको मानेभञ्ज्या गाउँपालिका वडा नम्बर १ मोलीमा लगेर अन्तिम दाहासंस्कार गरिने नेपाली कांग्रेसका युवा नेता खतिवडाले बताएका छन् ।

नेपाली कांग्रेसका नेता खतिवडाले पूर्वसभापति आदरणीय प्रेमराज राईको उपचारका क्रममा निधन भएकोमा दुःख व्यक्त गरेका छन् । उनले स्व.प्रेमराज राईको निधनबाट ओखलढुंगा कांग्रेसलाई ठूलो क्षति भएको बताएका छन् ।

‘यो दुखद् घडीमा मृतआत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु’, खतिवडाले भनेका छन् ।

Published : Tuesday, 2019 December 31, 7:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया