दाङमा वडा कार्यालय रित्तै बनाएर घम्न निस्किए कम्युनिस्ट जनप्रतिनिधिहरू

तुलसीपुर । दाङ जिल्लाको दंगिशरण गाउँपालिका वडा नम्बर ५ मा जनप्रतिनिधि र कर्मचारी पाँच दिनदेखि भ्रमणमा छन् ।

कृषिको अवलोकनका लागि भन्दै वडाध्यक्ष दीपक गौतम, वडा सचिवलगायतका जनप्रतिनिधि र कर्मचारी सबै भ्रमणमा निस्केपछि कार्यालयबाट प्रवाह हुने काम कामकाज ठप्प जस्तै भएको छ । यो वडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ ।

वडा कार्यालयमा चार दिनसम्म आफू लगातार आउँदा पनि सेवा पाउन नसकेको स्थानीय विष्णु लामिछानेले बताए । ‘वडामा बसाइँसराईको लागि काठमाडौंबाट आएको थिएँ, कार्यालय चारदिनदेखि छ, कार्यालय आइतबारमात्रै खुल्यो । तर कर्मचारी नहुँदा सेवाबारे अन्यौलता भयो’, उनले भने, ‘आइतबार पनि सेवा पाउन सकिन, कार्यालयमा म जस्तै कति सेवाग्राही फर्किनुभएको छ ।’

वडाबाट जनप्रतिनिधि र कर्मचारी कृषिको अवलोकनका भन्दै गत बुधबारसाँझ चितवन भ्रमणमा गएका हुन् । जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किएपछि आइतबारसम्म वडा कार्यालयबाट हुने कुनै पनि काम भएनन् ।

आइतबार कार्यालय खुल्ला भएपनि वडा कार्यालयबाट कामबाट प्रवाह गर्ने सेवाबारे न कर्मचारीलाई थाहा थियो, न कार्यबहाक अध्यक्ष लीलावती दमिनीलाई नै । कार्यवहाक वडाध्यक्ष दमिनीले आफूलाई कामबारे कुनै जानकारी नभएको बताइन् । ‘मलाई वडाध्यक्षले वडा कार्यालय खोल्नु भनेर साँचो दिनुभएको छ, अरु केही थाहा छैन’, उनले भनिन्, ‘मैले लेख्न पनि जान्दैन, पढ्न पनि जान्दैन् ।’

उनले आफू कार्यवहाक वडाध्यक्ष नै भएको दावी गरिन् । तर सेवाग्राहीले कुनैपनि सेवा उनीबाट नपाएको गुनासो गरे । ‘उहाँ भ्रमणमा नगएको हुँदा अध्यक्षले कार्यबहाक दिन पनि सजिलो भयो तर कर्मचारी त गाँउपालिकाबाटै आएका छन्’, उनले भनिन्, ‘यो सत्य होकि कर्मचारी सबै भ्रमणमा गए, उहाँले जान मान्नुभएन् ।’

वडा कार्यालय बन्द रहेको र सेवा प्राभावित भएको समाचार संचारमाध्यममा आएपछि आइतबार वडा कार्यालय खोलिएको सेवाग्राहीले बताएका छन् । यतिसम्म की वडा कार्यालय खुल्ला नै छ भन्ने बहानाका लागि वडा कार्यालयमा आइतबारमात्रै गाँउपालिकाले महिला तथा बालबालबालिका शाखाबाट चन्द्रा वलीलाई पठाएको छ ।

तर, उनलाई नै कार्यालयबाट प्रवाह गर्ने सेवाका बारेमा जानकारी छैन् । ‘गाँउपालिकाले आइतबारमात्रै पठाएको हो, कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा मलाई कुनै जानकारी नै छैन्’, उनले भनिन्, ‘कार्यालय बन्द छैन् खुल्ला नै छ तर सेवा प्रदान गर्नेबारेमा जानकारी नै छैन्, आइतबार वडा कार्यालयमा जानुस् भनेर भनेपछि आएका हुँ ।’

कार्यालयमा कर्मचारी आइतबारमात्रै गाँउपालिकाबाट आएका कारण नयाँ कर्मचारीमा कामबारे अन्यौल छ । कार्यालयमा चन्द्रासहित ३ जना स्वास्थ्यका कर्मचारी थिए । तीन जना कर्मचारी भएपनि कार्यालयको कामबारे जानकारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । उनीहरू कुन कामका लागि के कागजपत्र आवश्यक पर्छ भन्नेबारे पनि जानकारी नहुँदा सेवाग्राही समस्यामा रहेका थिए ।

नागरिकताको लागि सिफारिस, जग्गाको तिरो बुझाउने, बसाइँसराई सिफारिस लगायतका कामका लागि वडा कार्यालयमा आएका सेवाग्राही आइतबार पनि त्यसै फर्किन बाध्य भए । आइतबार खुल्ला रहेपनि कार्यालयबाट प्रवाह हुने कुनै पनि काम भएनन् । वडा कार्यालय तीनदिनदेखि बन्द रहेको भन्दै कार्यालयमा आएका सेवाग्राही काम नबनेको गुनासो गर्दै थिए । वडा कार्यालयको काम नै प्रभावित हुने गरेर किन भ्रमणमा गएका हुन् जनप्रतिनिधि र कर्मचारी ? भन्ने बारेमा आम नागरिकको प्रश्न छ ।

वडाध्यक्ष दीपक गौतमले आफूहरू कृषिको अवलोकनका लागि चितवन भ्रमणमा निस्किएको बताए । ‘मैले लीलावती दमाईलाई कार्यबहाकको जिम्मेवारी दिएर आएको हुँ, काम गर्ने वातावरण छैन, कसरी सेवा प्रवाह हुन्छ त ?’, उनले भने, ‘वडा कार्यालय बन्द छ भन्ने हल्लामात्रै हो, एक दिन घरबेटीको आफन्तको निधन भएको समयमा कार्यालय ढिलो खुलेको हो, त्यसैलाई ठूलो बनाउन खोजिएको हो ।’

कार्यालय सहयोगीसहित सबै कर्मचारी भ्रमणमा निस्किएको बारे गाँउपालिकालाई जानकारी नै छैन् । वडा कार्यालयको काम नै प्रभावित हुने गरि भ्रमणमा जान नहुने गाँउपालिका अध्यक्ष भागिराम चौधरीले बताए । ‘उहाँहरू आफै नै जिम्मेवार बन्नुपथ्र्यो, तर हामीलाई पछिमात्रै थाहा भयो, अहिले गाउँपालिकाबाट कर्मचारी खटाएका छौँ’, उनले भने, ‘सेवालाई प्रभावित बनाउन हुँदैन् भने यहाँबाट नै कर्मचारी पठाएका हौँ ।’

Published : Monday, 2019 December 30, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया