डीआईजी डा.सिंह एआईजीमा बढुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा.आशा सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको छ ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डा.सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिसविरुद्ध उजुरी दिने म्याद सकिएपछि मन्त्रिपरिषद् बैठकले डा. सिंहलाई एआईजी बढुवा गर्नेछ ।

Published : Monday, 2019 December 30, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया