कांग्रेस नेता राणाद्वारा घुसेल स्कूलको भवन उद्घाटन

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले ललितपुर जिल्लामा घुसले माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गरेका छन् ।

बागमती गाउँपालिका वडा नम्बर १ स्थित घुसेल माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई प्रमुख अतिथि राणाले शनिबार उद्घाटन गरेको नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

पूर्वअर्थ राज्यमन्त्री राणाको विशेष पहलमा घुसेल स्कूलको भवन जाईका प्रोजेक्टले बनाएको हो ।

करीव ५ करोड रकम बराबरको स्कूलको भवन बनाउन राणाले अनुगमन र पहल गर्दै आएका थिए ।

०७२ सालको भूकम्पबाट घुसेल स्कूलको भवन पूर्ण रुपमा क्षति पुगेको थियो ।

०७४ सालको संसदीय निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नवराज सिल्वालसंग पराजित भएपनि नेपाली कांग्रेसका युवा नेता राणा सो क्षेत्रको विकास निर्माणको कार्यमा निकै सक्रियता देखाउँदै आइरहेको स्थानीयको भनाइ छ ।

नेपाली कांग्रेसका नेता राणा सांसद हुँदा यो क्षेत्रमा तीब्र रुपमा विकास निर्माणका काम भएका थिए । कम्युनिस्टका सांसद सिलवालले क्षेत्रको विकासमा खासै ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

नेपाली कांग्रेस युवा नेता एवम् विशेष अतिथि मीनकृष्ण महर्जनले विकासका लागि कांग्रेस नै आउनुपर्ने बताए ।

०७२ सालको भूकम्पका बेलामा युवा नेता महर्जनले प्रत्येक गाउँमा पुगेर राहत वितरण गरेका थिए । उनले भूकम्पपीडितहरूको घाउँमा मलम लाउने काम गरेका थिए । महर्जन यो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

युवा नेता महर्जन प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । उनी अन्तर्घातका कारण झिनो मतअनतरले पराजित भएका थिए ।

कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, बागमती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विजयकुमार लो, विद्यालय सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर लो, शेखर न्यौपाने, रामजी गौतम, रमेश गौतम लगायत स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो ।

Published : Sunday, 2019 December 29, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया