बारा प्रहरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

बारा । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत’ जिल्ला प्रहरी कार्यालय बाराले बसतपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

शुक्रबार प्रहरी चौकी बसतपुरको आयोजना र दृष्टि आँखा अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर टोलमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

एक दिने निःशुल्क आँखा शिविरमा पुरुष १४० र महिला ७० जनाले आँखा परीक्षण गराई लाभ लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बसतपुरका स्थानीयसँग बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले पनि आँखा परीक्षण गराएका थिए ।

यसवीच, पञ्च वर्षीय गढीमाई मेलामा हराएका मोबाईलहरू फेला परेपछि बारा प्रहरीले सम्बन्धित व्यक्तिहरूलाई उपलब्ध गराएको छ ।

Published : Saturday, 2019 December 28, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया