बारामा प्रहरीले चलायो न्यानो अभियान

बारा । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी कार्यालयद्वारा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बारा जिल्लाका विभिन्न स्थानमा काठदाउरा वितरणका साथै आगो बालेर राहत दिने प्रयास गरिएको छ ।

बारा प्रहरीले जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका विभिन्न स्थानका चोकहरूमा पुस ४ गतेदेखि आगो बालेर सर्वसाधारणलाई चिसोबाट बचाउन प्रयास गरेको छ ।

हालसम्म स्थानीय तहहरूसंग समन्वय गरी ६ सय १३ ठाउँमा आगो बाल्ने तथा शीतलहरबाट बच्ने उपाय सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2019 December 26, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया