तरुण र नेविसंघबारे रामचन्द्र पौडेलको नयाँ खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले भ्रातृसंगठनलाई चाडै पूर्णता दिने आश्वासन दिएका छन् ।

बुधबार आफ्नै निवास बोहोराटारमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रतिनिधिसँगको भेटमा पौडेलले भ्रातृ संगठनलगायतका विवाद सामधान गर्नका लागि पार्टीभित्र गम्भीर छलफल भइरहेको बताए ।

उनले केही दिनभित्र सबैलाई सम्मानजनक स्थान हुने गरी विवाद मिलाइने बताए ।

पौडेलले नेविसंघलाई पूर्णता दिनको लागि नेताहरूबीच छलफल भइ रहेको जानकारी पनि दिए ।

पार्टीभित्र नेविसंघको विवादलाई लिएर किचलो भई रहेको बेला नेविसंघका प्रतिनिधिहरूले विवाद समाधान गर्नको लागि पौडेललाई भेटेका हुन् ।

नेविसंघले भने पार्टीले निर्णय लिन ढिलाई गरेका कारण नेविसंघको विवाद बढ्दै गएको भन्दै चाडै समस्या सामधान गर्न पौडेललाई आग्रह गरेको थियो ।

Published : Wednesday, 2019 December 25, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया