गगन थापाद्वारा कालीगण्डकी–७ लाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ लाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलब्ध गराएको एम्बुलेन्सलाई नेपाली कांग्रेसका युवा नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रम एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेसका नेता थापाले वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।

नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका गोकर्ण पौडेलले गाउँपालिकाको वडा नम्बर ७ लाई प्रतिष्ठानमार्फत एम्बुलेन्स उपलब्ध गराएको बताए ।

कार्यक्रममा युवा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिए ।

‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ । शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, उनले भने, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’

Published : Monday, 2019 December 23, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया