सरकारविरुद्ध काठमाडौंको न्युरोडमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले गुठी विधेयक २०७५ को विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

बुधबार साँझ न्युरोडमा समितिका सदस्य र शुभेच्छुकहरूले प्रदर्शन गरेका हुन् । नेपाल तरुण दलका नेता दिनेश बिक्रम शाहले जानकारी दिए ।

कम्युनिस्ट सरकारलाई खबरदारी गर्दै गुठी विधेयक फिर्ता गर्न माग गरिएको शाहले बताए । ‘सरकारले हाम्रो संस्कृति र सभ्यता मास्न खोजेको छ’, उनले भने, ‘गुठी विधेयकविरुद्ध निरन्तर आन्दोलन रहनेछ ।’

Published : Wednesday, 2019 June 12, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया