गृहमन्त्रीको सहकारी ठगी काण्ड राष्ट्रियसभामा पनि प्रवेश, कांग्रेसद्वारा अबरोध
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/05/Rastriya-Sava.jpg?resize=810%2C405)
काठमाडौं । गृहमन्त्री रवि लामिछाने करोडौं रकम अपचलन र ठगीमा मुछिएमा संसदीय छानविन समितिको माग गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन् ।
कांग्रेसका सांसद जीतजङ्ग बस्नेतले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र कांग्रेसले संसदीय छानविन समितिको माग राखेर राष्ट्रियसभाको बैठक अबरुद्ध गरिएको बताए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए ।
संसदमा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै कांग्रेसले विरोध जनाएको हो ।
आम नागरिकले जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया