तरूण दल अध्यक्ष गुरुङद्वारा केन्द्रीय कार्यालय निर्माण हुने जमीनमा जग तथा क्षमा पूजा

काठमाडौं । नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरुङले अक्षय तृतीयाका दिन तरुण दलको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने सन्दर्भमा जग तथा क्षमा पूजा गरेका छन् ।

शुक्रबार अध्यक्ष गुरुङले काठमाडौंको कालीमाटीको रविभवनस्थित केन्द्रीय कार्यालयको जमीनमा अक्षय तृतीयाको शुभ अवसर पारेर जग तथा क्षमा पूजा गरेका हुन् ।

अध्यक्ष गुरुङले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि धमाधम रकम संकलन भइरहेको भन्दै छिट्टै औपचारिक रुपमा भवन निर्माणको काम गरिने बताए । उनले आर्थिक सहयोग गर्ने केन्द्रीय सदस्यहरूलाई धन्यावा दिएका छन् ।

तरुण दलको केन्द्रीय कार्यालय रहेको स्थानमा पुरानो जीर्ण अवस्थाको भवन छ । त्यो भवनलाई भत्काएर बैठकका साथै सभा हल र पार्किङसहितको भवन निर्माण गरिनेछ ।

भवन निर्माणका लागि शुक्रबारसम्म ६८ लाख ७८ हजार १ सय २ रुपियाँ संकलन भएको अध्यक्ष गुरुङले बताएका छन् ।

Published : Friday, 2024 May 10, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया