तरुण दलको भवन बनाउन अध्यक्ष गुरुङलाई ३ केन्द्रीय सदस्यद्वारा ६ लाख प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई तीन जना केन्द्रीय सदस्यहरूले जनही दुई/दुई लाखका दरले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि सहयोग प्रदान गरेका छन् ।

शुक्रबार अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्यहरू मीनबहादुर शाही, जनक तिमिल्सिना र प्रेम मुकारुङ राईले आर्थिक सहयोग प्रदान गरेका हुन् । अध्यक्ष गुरुङले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

नेपाल तरुण दलको केन्द्रीय कार्यालयको भवन निर्माणका लागि हालसम्म ६८ लाख ७८ हजार १ सय २ रुपियाँ संकलन भइसकेको छ ।

Published : Friday, 2024 May 10, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया