कैलाली र कञ्चनपुरमा हावाहुरीले दुईको मृत्यु, एक सयभन्दा धेरै घाइते
टीकापुर । कैलाली र कञ्चनपुरमा बिहीवार राति आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने ठूलो क्षति भएको छ ।
कैलालीमा २ जनाको मृत्यु भएको छ । कैलाली र कञ्चनपुर जिल्लामा १०९ जना घाइते भएका छन् ।
कैलालीको टीकापुर नगरपालिका २ मा पर्खाल लडेर चोट लाग्दा लाहनु डगौराको मृृत्यु भएको छ । गोेदावरी नगरपालिका वडा नम्बर ८ मा हावाहुरीका कारण वीरबहादुर चौधरीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हावाहुरीका कारण घाइते अधिकांशकोे सेती अस्पतालमा उपचार भइरहेको छ ।
हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । कञ्चनपुरमा ३३ जना घाइते भएका छन् ।
गम्भीर चार जनालाई उपचारका लागि भारत र नेपालगन्ज पठाइएको छ ।
क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण दुबै जिल्लामा विद्युत भने अवरुद्ध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया