मुस्लिम सांस्कृतिक पर्वमा विदा दिन आयोगको माग

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ ।

आयोगका अध्यक्ष समिम अन्सारीले प्रधानमन्त्री केपी ओलीलाई शनिबार ध्यानाकर्षण पत्र बुझाएर मुस्लिमहरूको पर्वमा सार्वजनिक विदा दिन माग गरेका हुन् ।

आयोगको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक र सांस्कृति पर्वहरू ईदुलफित्र (ईद), ईदुलअज्हा (बकर ईद) र मोहम्मद जयन्तीमा राष्ट्रिय सार्वजनिक बिदाको व्यवस्था गर्न माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आयोगको २०७५ चैत ११ गतेको निणर्यअनुसार गृह मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

कार्यान्वयन नभएकाले प्रधानमन्त्रीलाई आवश्यक पहल गर्न माग गरिएको छ । प्रधानमन्त्री ओलीले पत्र बुझ्दै आगामी मन्त्रिपरिषद बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाए ।

आयोगका अध्यक्ष अन्सारीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता एवं बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएको देशका रुपमा स्थापित गरिसकेको सन्दर्भमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए ।

Published : Saturday, 2019 May 25, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया