भाषा र शैलीमा फरक रह्यो होला, ब्रम्हास्त्र भनेको अणु बम हो : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिव र पार्वतीसँग जोडिएको अक्षय तृतीय आध्यात्मिक कुरासँग जोडिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल महर्षी वैदिक फाउन्डेसनको स्थापना दिवस तथा अक्षय तृतीय विशेष समारोह २०८१ लाई सम्बोधन गर्दै बानियाँले भने, ‘अक्षय तृतीयको शिव पार्वतीको कुरालाई पनि जोडियो । शिव भनेको सत्य, सत्य भनेको बास्तवमा नेपालको भूमि आध्यात्मिक र वैदिक भूमि रहेको छ ।’
उनले भने, ‘यो तपोभूमि, यो ज्ञानको भूमि र आज दिन प्रतिदिन शान्ति क्षिण हुँदै गएको छ । विश्व शान्तिको लागि पनि नेपालले भविष्यमा विश्वलाई लिड गर्ने त्यो किसिमको वैदिक सनातनीय दर्शन र ५ हजार वर्ष अगाडिका पनि कुरा सुन्छौँ ।’
सभापति बानियाँले भने, ‘ब्रम्हास्त्रको कुरा सुन्छौँ । विज्ञानसँग जोडिएको कुरा । ब्रम्हास्त्र भनेको पछिल्लो समयमा विज्ञानले आविस्कार गरेपछि जुन किसिमको अणु बम भनेको ब्रम्हास्त्रसँग जोडिन्छ भन्ने लाग्छ ।’
‘त्यसको भाव भाषा र शैलीमा फरक रह्यो होला । त्यो बेला ब्रम्हास्त्र भनेको अणु बम हो’, उनले भने, ‘जसको प्रयोग गर्दा हिरोसिमा र नागासाकी ध्वस्त भए ।’
उनले भने, ‘त्यो बेलाको पूर्वी दर्शन र ज्ञानसँगै विज्ञानको पनि आविस्कार गरेको भन्ने कुराले ५ हजार वर्ष अगाडिको वैदिकमा पनि हामीले बुझ्न सक्छौँ ।’
सभापति बानियाँले भने, ‘कर्मकाण्डी कार्यलाई सँगसँगै गरियो कि ? अब यसलाई विज्ञान, आध्यात्मसँग जोड्दै विज्ञान अगाडि बढ्नतिर सनातनीय धर्म दर्शनलाई जोगाउन वैदिक धर्म संस्कृतिलाई जगेर्ना गर्न दीपकप्रकाश बास्कोटाले गलेश्वरमा गर्नुभएको छ ।’
कार्यक्रममा पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटा, दीपा पौडेल बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया