आगलागीपीडितका लागि अध्यक्ष गुरुङद्वारा काभ्रे तरुणलाई ब्ल्याङ्केट हस्तान्तरण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ४ का आगलागीपीडितलाई ब्ल्याङ्केट उपलब्ध गराएका छन् ।

शनिबार काठमाडौंको तीनकुनेमा अध्यक्ष गुरुङले नेपाल तरुण दल काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष सुजन लामालाई ब्ल्याङ्केटहरू हस्तान्तरण गरेका छन् ।

नेपाल तरुण दल काभ्रेका अध्यक्ष लामाले ती ब्ल्याङ्केट आगलागीपीडितहरूलाई हस्तान्तरण गर्नेछन् ।

केही दिन अगाडि रोशी गाउँपालिका ४ मा १८ वटा घरमा आगलागी भएको थियो ।

अध्यक्ष गुरुङले आगलागीपीडितका लागि आफूले प्रदान गरेको सहयोग सानो रहे पनि त्यसले पीडितहरूलाई थोरै भए पनि राहतको अनुभूति हुने बताएका छन् । तरुण दल संकटमा परेका जनतासँग साथमा छभन्ने सन्देश दिन पनि तरुणहरूले सक्दो सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू स्मिता मोक्तान तामाङ, कुलध्वज तामाङ, दिल लामा, अशोक झा, नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सभापति रुपकाजी लामा, लगायतको उपस्थिति रहेको थियो ।

उता, तरुण दल काभ्रेले पनि आगलागीपीडितहरूका लागि केही राहत पनि संकलन गरेको छ । नगदसहितको सहयोग गर्ने तयारी भएको अध्यक्ष लामाले बताएका छन् ।

Published : Saturday, 2024 May 11, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया