रामचन्द्र पौडेल जिल्ला भ्रमणमा जाँदै, कार्यकर्ताहरूसँग भेटघाट गर्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन् ।

जिल्लाहरूमा हुने नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन पौडेलले सुदूरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा जान लागेका हुन् ।

पौडेलले वैशाख ५ गतेबाट भ्रमण शुरु गर्नेछन् । भ्रमण वैशाख २४ गते सकिने उनका निजी सचिव चिरिञ्जीवी अधिकारीले जानकारी दिए ।

जिल्ला भ्रमण कार्यक्रम

वैशाख ५ गते

पोखरा प्रस्थान हीरामणि सुवेदीको चौरासी पूजामा सहभागी

वैशाख ७ गते

भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन

वैशाख ८ गते

रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन

वैशाख ९ गते

रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरि काठमाडौं फर्कने

वैशाख १० गते

सप्तरीका लागि प्रस्थान (रात्रि मुकाम राजविराज)

वैशाख ११ गते

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन (रात्रि मुकाम राजविराज)

वैशाख १२ गते

सिरहामा कार्यकर्ता भेटघाट

वैशाख १३ गते

नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी

वैशाख १४ गते

रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन

वैशाख १५ गते

काठमाडौं फिर्ता

वैशाख १६ गते धनगढि हुँदै दार्चुला प्रस्थान (रात्रि मुकाम दार्चुला)

वैशाख १७ गते

नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन

दार्चुलाबाट बैतडी प्रस्थान (रात्रि मुकाम बैतडी)

वैशाख १८ गते

बैतडीको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन (रात्रि मुकाम खड्पे)

वैशाख १९ गते

नेपाली कांग्रेस बझाङद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन (रात्रि मुकाम बझाङ)

वैशाख २० गते

नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन (रात्रि मुकाम डडेलधुरा)

वैशाख २१ गते

नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्रि मुकाम महेन्द्रनगर)

वैशाख २२ गते

बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउँसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन (रात्रि मुकाम धनगढी)

वैशाख २३ गते

कैलालीको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्रि मुकाम टीकापुर)

वैशाख २४ गते

कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनपछि काठमाडौं फर्कने ।

Published : Wednesday, 2019 April 17, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया