‘दी १०० हिरोज् अफ मधेश’मा विद्यार्थी नेता राउत दोस्रो

काठमाडौं । तराई मधेशमा सक्रीय युवाहरूमा नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘दी १०० हिरोज् अफ मधेश’को उपाधि सप्तरीका सामाजिक अभियन्ता प्रकाशमणि राउतसहित पाँच जनाले जितेका छन् ।

विभिन्न विधामा भएको छनोटमा मधेशका उदीयमान युवाहरूमा प्रकाशमणि राउतले लोकप्रिय भोट पाएर विजेता चयन भएका हुन् । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले राउतलाई शुभकामना दिएका छन् ।

प्रकाशमणिसँगै नरेन्द्र पासवान, रामविलास चौधरी, राकेशरोशन यादव र सरफुल्लाह अन्सारीले पनि मधेशका उदयमान युवाहरूको सूचीमा आफूलाई सुरक्षित गरेका छन् ।

महिला सशक्तीकरणतर्फ चाहीँ मुन्नी श्रीवास्तव, प्रमिशा मिश्रा, पुष्पा यादव, शोभादेवी मण्डल र सुनिताकुमारी साह विजेता भएका छन् ।

सामाजिक, आर्थिक, राजनीतिक, कला, साहित्यसहित विभिन्न १० वटा विधामा प्रतिभाहरूको चयन गरिएको आयोजक मधेशी पत्रकार समाजले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न क्षेत्रका अगुवाहरूले पुरस्कार वितरण गरेका थिए ।

को हुन्, प्रकाशमणि राउत ?

सप्तरीको महादेवामा २०५१ साल फागुन ४ गते जन्मिएका प्रकाशमणि राउत पछिल्लो पाँच वर्षदेखि समाजसेवामा सक्रिय छन् ।

विशेषगरी, पिछडावर्गका नागरिकको हक अधिकारका पक्षमा वकालत गर्दै आएका प्रकाशमणिका बुबा श्यामसुन्दर राउत किसान हुन् ।

आमा लक्ष्मीदेवी राउत गृहिणी । प्रकाश नेपाल नामक संस्थाका संस्थापक अध्यक्ष रहेका राउत युनिभर्सल पिस एण्ड भाइलेन्स एमुरेसन सेन्टरका लागि सद्भावना दूत हुन् ।

पिछडावर्गको हकहित तथा अधिकारका लागि ११ दिन रिले अनशन बसेका राउतले राज्यबाट अधिकार प्राप्तिका लागि विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

Published : Tuesday, 2019 April 16, 10:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया