नरेन्द्र मोदीको इच्छामा ओली–दाहालको साँठगाँठ

काठमाडौं । बाम गठबन्धन भारतको चाहना विपरित बनेको र अब बन्ने बहुमतको सरकार पनि त्यसरी नै चुनिने चर्चा चलिरहेको बेला नेपाली कांग्रेसका आदर्श वीपी कोइरालाका माइला छोराले फरक तथ्य अघि सारेका छन् ।
भारतसँग राम्रो सम्बन्ध राख्ने श्रीहर्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छामा नै बाम गठबन्धनले सरकार गठन गर्ने रहस्य उनले खोलेका हुन् ।
एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै सल्लाहमा आगामी सरकार गठनको तयारी गरेको उनको दाबी छ ।
‘हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बहुमत वाम गठनबन्धनकै आउँछ भन्ने सूचना मलाई आईसकेको थियो । निर्वाचनअघि ओली र प्रचण्डले भारतमै गएर मोदीलाई भेटेका थिए’, उनले भने, ‘रणनीतिक रूपमा गठबन्धन भारतीय चाहनामा बनेको हो ।’
कांग्रेसको हालको नेतृत्वक सूचना र प्रविधिमा निकै पछि परेको भन्दै सही सूचना थाहा पाउन र लिन नेतृत्वले नसकेको गुनासो गरे । उनले २०३६ सालको जनमत संग्रहमा बहुदलले हार्दैछ भन्ने सूचना बीपीलाई थाहा भएको प्रसंग समेत कोट्याए ।
उनका अनुुसार तत्कालीन वडामहारानी ऐश्वर्यलाई भेट्न गएका एक कुटनीतिज्ञले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँगको वार्तालाप सुनेका थिए ।
प्रधानमन्त्री र रानीको वार्ता जनमत संग्रहमा कति फरक मत ल्याएर सुधारिएको पञ्चायतलाई जिताउने भन्नेमा केन्द्रित रहेको थियो ।
कोइरालाले कांग्रेसका नेताहरूलाई पाँच वर्षसम्म सत्तामा जान नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै बाम दललाई सरकारमा राखिराख्ने पनि उनले बताए ।
कोइरालाले दुवै दलका शीर्ष ओली र दाहाल सत्तामा आलोपालो बस्ने र भारतीय प्रधानमन्त्री मोदीले दिएको सल्लाह र स्वार्थ पूरा गर्नुपर्ने सहमति भएको दाबी गरे ।
कोइरालाले भारतीय प्रधानमन्त्री मोदीले भने अनुसार र भनेको समयमा भन्दा फरक ढंगले संविधान जारी गर्न कांग्रेसले भूमिका खेलेको भन्दै कांग्रेसलाई सत्ताबाट बाहिर राखिराख्न मोदीको ठूलो भूमिका रहेको बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत