सहकारी ठगीबाट फुत्किन लामिछानेले उत्पात मच्चाइरहेका बेला कांग्रेसले बोलायो बानेश्वरमा बैठक

काठमाडौं । बजेट अधिवेशन बस्ने तयारी भएका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बिहीबार संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बस्ने र सोही समयमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरिएको छ ।

सहकारीको रकम अपचलन र ठगीका काण्डमा गृहमन्त्री लामिछाने मुछिएपछि कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । कांग्रेसको मागलाई सरकारले बेवास्ता गरिरहेको छ ।

गृहमन्त्री लामिछानेले राज्य शक्तिको दुरुपयोग गरेर आफू सहकारीको रकम अपचलन र ठगीमा छैन भनेर महान्यायाधिवक्ताको कार्यालयबाट पत्र समेत बनाएर देखाउँदै हिँडेका छन् ।

प्रहरीको अनुसन्धानमा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन र ठगीमा मुछिएका छन् । लामिछाने सहकारीको रकम ठगी काण्डबाट बच्न विभिन्न हत्कण्डा र उपाय लगाएर फुत्किने प्रयासहरू गरिरहेका छन् ।

Published : Wednesday, 2024 May 8, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया