प्रदीपले मन्त्री हितबहादुरको ‘मुख र जिउको प्वाल’हरू टालिदिए

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएपछि मुलुकको राजनीति उथलपुथलतर्फ प्रवेश गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राहत महसुस गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी ओली गृहमन्त्री लामिछानेलाई बचाउन व्यस्त भएपछि आफूलाई कसैले पनि नजर नलगाएको महानिर्देशक अधिकारीले आफू निकटका कर्मचारीहरूलाई बताउने गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटाला काण्डमा बयान लिएपछि तनाबमा रहेका महानिर्देशक अधिकारीले ‘मधिशे’लाई पैसा खुवाएर कुरो मिलाए भन्ने गरेको चर्चा प्राधिकरणमा छ ।

महानिर्देशक अधिकारीले अख्तियारमा बयानका क्रममा मधिशेले १५ करोड माग्यो, कुरा मिल्यो भन्ने गरेको स्रोतको भनाइ छ ।

महानिर्देशक अधिकारीको खल्तीमा प्रेम आले, प्रेम ढकालपछि तेस्रो प्रेम राई रहेको जोक प्राधिकरणभित्र हुने गरेको छ ।

महानिर्देशक अधिकारीले नेकपा (माओवादी केन्द्र)का बिचौलिया नेताहरूलाई प्रयोग गरेर प्रधानमन्त्री दाहालको सचिवालयमा पहुँच बनाएका छन् ।

तत्कालीन समयमा नेपाली कांग्रेस सम्मिलित सरकार ढाल्न आफूले खर्च गर्नुका साथै योजना बनाएको भनेर महानिर्देशक अधिकारीले गफ लगाउने गरेका छन् ।

महानिर्देशक अधिकारीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने भनेर लबिङमा लागेका छन् । अधिकारीले नेपाललाई प्रधानमन्त्री बनाउने भनेर गोप्य बैठक गर्दै आएका छन् ।

महानिर्देशक अधिकारीलाई एमालेका अध्यक्ष केप िओलीले रुचाउँदैनन् । ओलीले नरुचाए पनि महानिर्देशक अधिकारीले एमालेका दोस्रो तहका नेता प्रदीप भट्टराई लगायतसँग दोस्ती गरेका छन् ।

महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको हैसियत राम्रोसँग बुझेको भन्दै ‘मुख र जिउको अरु प्वाल’ पैसाले टालिसकेको बताउने गरेको चर्चा प्राधिकरणमा छ ।

चितवनको साइनो गासेर गृहमन्त्री लामिछानेको आसेपासेसंग होटलहरूमा रातिराति बियर र मासुसंग भेटघाट गर्ने गरेको स्रोतको भनाइ छ ।

अधिकारीले निर्माणाधीन विमानस्थलबाट आफ्नो भाग उठाइरहेको चर्चा छ । महानिर्देशक अधिकारीले आनाकानी गर्ने हाकिमहरूलाई तल्लोस्तरको शब्द प्रयोग गरेर अस्लील गाली गरेर दैनिक फोन गर्ने गरेको पीडित हाकिमहरूले बताएका छन् ।

Published : Sunday, 2024 May 19, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया