दाङमा कांग्रेसको लोकप्रियता बढेपछि उम्मेदवारकै हत्या प्रयास

घोराही । नेपाली कांग्रेसबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका भरतबहादुर न्यौपानेको हत्या प्रयास भएको छ ।

अपरिचित समूहले कांग्रेस उम्मेदवार न्यौपानेलाई लक्षित गरेर सोमबार बम प्रहार भएको हो । न्यौपानेले दाङ क्षेत्र नम्बर २ को ‘क’ प्रदेशतर्फ उम्मेदजवारी दिएका छन् ।

न्यौपाने चढेको रा १ ज ६१२ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटबाट घोराहीतर्फ फर्कने क्रममा न्यौपाने चढेको गाडीमाथि आक्रमण भएको कान्छा छोरा प्रचण्डदेव न्यौपानेले जानकारी दिए ।

न्यौपाने चढेको गाडीभन्दा केही दुरी अगाडि बम विष्फोट भएका कारण कुनै क्षति भएको छैन ।

बम विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रहार गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । यसअघि पनि ‘नेकपा’ उम्मेदवारहरूको ज्यान लिने प्रयास गरिसकेको छ ।

Published : Monday, 2017 November 27, 7:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया