शंकर पोखरेलसँग को–को डराए ? सुन तस्करीमा मुछिएका महराले जित्लान त ?

काठमाडौं । नेकपा (एमाले)भित्र विचार र निष्ठाको राजनीति गर्दै आएका प्रभावशाली नेता शंकर पोखरेललाई अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको भित्री डिजाइनमा केन्द्रीय राजनीतिबाट पछाडि धकेल्ने षड्यन्त्र भएको छ ।
वाम तालमेल र कथित पार्टी एकीकरणको नाममा स्थायी समितिका सदस्य पोखरेललाई ५ नं. प्रदेशमा थन्काउने प्रयास भएको हो ।
पोखरेललाई एमालेको भावी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा समेत हेरिएको थियो । अकस्मात गठबन्धनका नाममा पोखरेललाई प्रदेशमा रोक्ने अन्तिम तयारी भएपछि उनका थुप्रै शुभेच्छुकहरूले चित्त दुखाएका छन् ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने तयारीका साथ विगत पाँच वर्षदेखि सो क्षेत्रमा संगठन र विकास निर्माणका काम गर्दै आएका पोखरेललाई एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष बामदेव गौतमको योजनामा ५ नं. प्रदेशमा रोकिएको उच्च स्रोतको भनाइ छ । पोखरेलसँग उपमहासचिव विष्णु पौडेलसहितका नेताहरू शसंकित थिए ।
एमालेका अध्यक्ष ओलीको राजनीतिक प्रस्ताव र पार्टीका महत्वपूर्ण दस्तावेज लेखनमा जहिले पनि स्थायी समिति सदस्य पोखरेलले ठूलो योगदान दिँदै आएका थिए । दिनप्रति दिन बढ्दै गरेको पोखरेलको लोकप्रियताबाट एमालेभित्रैका केही नेताहरूलाई चित्त बुझेको थिएन ।
‘शंकर पोखरेलले आफूलाई केन्द्रीय राजनीतिमा प्रभाव छाड्ने गरेर अगाडि बढाउनु भएको थियो’, पोखरेल निकट एमालेका एकजना पोलिट व्युरो सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यसपटक पोखरेलले दाङ क्षेत्र नं. २ बाट जित्ने पक्का थियो ।’
५ नं. प्रदेशको मुख्यमन्त्रीको लोभ पोखरेललाई देखाइएको छ । तर, पोखरेल पद र लाभका पदका लागि महत्व नदिने व्यक्ति हुन् । दाङबाट प्रतिनिधी सभाको निर्वाचनमा पराजित हुँदा समेत पोखरेल कहिल्यै पनि आत्तिएनन् । बरु ईमान्दार कार्यकर्ताको रुपमा काम गर्दै आए ।
रोल्पा जिल्ला घर भई दाङमा बेलाबेला राजनीति गर्दै आएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पोखरेललाई दाङको २ नं. क्षेत्रबाट आउट गराएका हुन् । पटक पटक मन्त्री भएका र तस्करीको सुनबाट करोडौँ रुपियाँ कमाएका महरालाई २ नं. क्षेत्रमा शरणार्थी नेताको रुपमा चर्चा हुने गरेको छ ।
रोल्पाबाट वर्षमान पुनले टिकट नदिएपछि महरा बाध्य भएर दाङको २ नं. क्षेत्रमा झरेका हुन् । लोभ र लालचको राजनीतिमा अब्बल मानिएका महरा चीनबाट पैसा ओसार्ने नेताका रुपमा परिचित छन् । चीनसँग पैसा मागेको महराको फोन रेकर्ड यसअघि नै सार्वजनिक भइसकेको छ । विवादास्पद छविका महरा भ्रष्टाचारमा गन्हाएका नेताका रुपमा परिचित छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत