नर्सिङ अध्ययनरत करुणा अधिकारीले पाचौँ तलाबाट हामफालिन्

चरिकोट । दोलखा जिल्लामा होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत १९ वर्षीया करुणा अधिकारीको मृत्यु भएको छ ।

बिहीबार चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन् ।

अधिकारीको बिहीबार राति ११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताएका छन् ।

पोखरा स्थाइ घर भएकी अधिकारी विदामा घर गएकी थिइन् । उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।

Published : Friday, 2024 April 5, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया