न्याय परिषदद्वारा १० जनालाई जिल्ला न्यायाधीशमा सिफारिस


काठमाडौं । न्याय परिषदले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको परिषदको बैठकले दश जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

न्यायाधीशमा नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरेको नाम सिफारिस भएको छ ।

सरकारी वकिल समूहबाट २ जनाले जिल्ला न्यायाधीश बन्ने अवसर पाएका छन् । अर्जुनप्रसाद कोइराला जिल्ला सरकारी वकिल कार्यालय, दोलखाका जिल्ला न्यायाधिवक्ता हुन् ।

महान्यायाधिवक्ता कार्यालयमा कार्यरत उपन्यायाधिवक्ता विमला रेग्मी पनि जिल्ला न्यायाधीश सिफारिसमा परेकी छिन् ।

कानून अधिकृतबाट एकजनाले मात्र न्यायाधीश बन्ने अवसर पाएका छन् । ऊर्जा मन्त्रालयका उपसचिव दीपक घिमिरे न्यायाधीश सिफारिसमा परेका हुन् ।

बाँकी सबै अदालतमा कार्यरत न्याय सेवाका अधिकृत हुन् । नरेन्द्रबहादुर बुढा सर्वोच्च अदालतकै इजलास अधिकृत हुन् । जीवनकुमार भण्डारी उच्च अदालत विराटनगरको इलाम इजलासमा रजिस्ट्रार छन् ।

मुकुन्द आचार्य उच्च अदालत, पोखराको बाग्लुङ इजलासका रजिस्ट्रार हुन् । पुष्पराज पाण्डे बाजुरा जिल्ला अदालतका स्रेस्तेदार हुन् ।

शिवबहादुर थापा पाल्पा जिल्ला अदालतका स्रेस्तेदार, महेन्द्रबहादुर कार्की सर्वोच्च अदालतका उपरजिस्ट्रार र फणेश्वरी घिमिरे सर्वोच्च अदालतकै इजलास अधिकृत हुन् ।

Published : Thursday, 2024 April 4, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया