काठमाडौंमै खुमबहादुर खड्कालाई राप्तीको नेता भनेर चिनेकी हुँ : सहमहामन्त्री उपाध्याय

लमही । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले काठमाडौंमा हुँदा नै आफूले खुमबहदाुर खड्कालाई राप्तीको नेता भनेर चिनेको बताएकी छिन् ।

शुक्रबार दाङको लमही नगरपालिका वडा नं. ९ अमिलियामा स्व.खुमबहादुर खड्काको सालिकको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले खड्काकै कारण दाङमा कांग्रेसको संगठन निर्माण भएको बताइन् । उनले खुमबहादुर खड्काबाट नेता कार्यकर्ताले सिक्नुपर्ने धेरै कुरा रहेको बताएकी छिन् ।

आगामी दिनमा स्व.खुमबहादुर खड्काले देखाएको मार्गमा अगाडि बढेर देश विकास गर्नुपर्ने बताएकी छिन् ।

सह–महामन्त्री उपाध्यायले खड्कालाई राजनीतिक पूर्वाहका कारण मुद्दा लगाएर अन्या भएको बताइन् ।

Published : Friday, 2024 March 29, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया