सभापति खतिवडाद्वारा मोलुङ एकवर सडकको निरीक्षण

मोलुङ । वर्षौदेखि सम्पन्न हुन नसकेको ओखलढुङ्गाको मोलुङ एकवर बाटो अबको केही समयपछि जोडिने भएको छ ।

शनिबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मोलुङ एकवार सडकको निरीक्षण गरेका छन् ।

खतिवडाले मोलुङ एकवरबाटो पूरा भएन भने आफू ओखलढुङ्गामा उम्मेदवार नहुने समेत बताए । उनले मोलङ एकवारको सडकसँग आफ्नो सम्बन्ध रहेको बताए ।

‘आज कामको सुरुवात भएको छ, मलाई पूरा आशा छ । निर्माण कम्पनीले यो बाटो समयमै सम्पन्न गर्नेछ’, उनले भने ।

समयमा निर्माण हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । बाटो निर्माणमा बिस्फोटक पदार्थको आवश्यक भएकोमा आफू जानकार रहेको भन्दै सभापति खतिवडाले सिफारिस गरेर पठाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिएका छन् ।

मोलुङ एकवार सडकको सुनकोशी वडा नं. ८, काउछे र सुनकोशीकै वडा नं. ८ मा अधेरीबीचको करिब ३ किलोमिटर बाटो जोड्न भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनीको १ करोड ७५ लाख रकम भुक्तानी गरेको छ ।

काम सम्पन्न गर्नलाई स्रोत सुनिश्चिता भएर जति काम हुन्छ त्यसको भुक्तानी हुने गरि काम शुरु भएको सभापति खतिवडाले बताएका छन् ।

अनुगमनका क्रममा नेपाली कांग्रेस कोशी कार्यसमितिका सदस्य रुद्र अधिकारी, महाधिवेशन प्रतिनिधि लीलाबल्लभ काका, माओवादी केन्द्रीयकी नेतृ चम्पा कार्की, नेकपा (एकीकृत समाजवादी)का नेता नरेन्द्र श्रेष्ठ, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

Published : Saturday, 2024 March 23, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया