‘स्टन्डबाज’ कम्युनिस्ट गठबन्धनको सरकारलाई औकातमा बस्न सभापति बानियाँको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न चेतावनी दिएका छन् ।

शनिबार ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित होली मिलन कार्यक्रममा बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई तत्काल बन्द गर्न सचेत गराएका छन् ।

दोहोरो नागरिकता र राहदानी दुरुपयोग, सहकारीको करोडौं रकम अपचलन गरेको आरोप खेप्दै आएका गृहमन्त्री रवि लामिछानेले सस्तो लोकप्रियताका लागि सर्वसाधारणलई दुःख दिन थालेपछि सभापति बानियाँले स्टन्डबाजी नगर्न सचेत गराएका हुन् । स्टन्डबाजी गरेर राज्यसत्ता नचल्ने बानियाँको भनाइ छ ।

उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौती बढेको भन्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि पनि चाडपर्वले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।

बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिभित्र रहेर एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2024 March 23, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया