बाँकेमा १४ वर्षपछि पाप धुरीबाट करायो

नेपालगञ्ज । बाँके जिल्लामा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी नेपालगंज उप–महानगरपालिका–२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका खाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

Published : Thursday, 2023 December 7, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया