ओखलढुङ्गाका सूर्य थापा र धादिङकी विमला गुरुङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालय, मीनभवनले बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ घर भई स्वयम्भू बस्ने ४६ वर्षीय विमला गुरुङलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सूर्य थापाले हीराबहादुर लामिछाने समेत ५ जनालाई दुबईमा आकर्षक तलबको प्रलोभन देखाई १० लाख २० हजार रुपियाँ लिई ठगी गरेको आरोप छ । थापालाई प्रहरीले अनामनगरबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

विमलाले नरबहादुर आचार्यलाई माल्टा पठाइदिन्छु भन्दै ७ लाख रुपियाँ लिई ठगी गरेको आरोप छ । उनलाई प्रहरीले स्वयम्भूबाट सोमबार पक्राउ गरेको छ ।

दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 May 6, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया