व्यूरोको टोलीद्वारा पोखरामा वर्षा गुरुङ पक्राउ

पोखरा । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो पोखराले पोखराको छोरेपाटनबाट २६ वर्षीय वर्षा गुरुङलाई पक्राउ गरेको छ ।

सिद्धार्थ राजमार्ग चेकजाँच गर्ने क्रममा कास्कीको रुपा गाउँपालिका– ६ रुपाकोटकी गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङको साथबाट डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागुऔषध बरामद भएको छ ।

गुरुङलाई १२ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले बताए ।

Published : Wednesday, 2024 May 8, 9:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया