मल्लको घरमा प्रहरी छापा, पैसा र बन्दुकसहित ८ जना पक्राउ

दमौली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले तनहुँ जिल्लामा ८ जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो व्यास नगरपालिका–३ अनसन चौतारी बस्ने ४५ वर्षीय लक्ष्मण मल्लको घरमा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा मल्ल समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ६८ हजार ८ सय १८ रूपियाँसहित पक्राउ गरेको हो ।

मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको हर्नेट राईफल १ थान, म्याग्जिन १ थान र गोली १ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।

Published : Saturday, 2024 May 11, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया