घोराहीमा दुई महिलाको हत्या, चौघेरा बस्ने व्यक्ति पक्राउ

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं.१० पहेलपारमा दुई महिलाको हत्या भएको छ ।

शनिबार दिउँसो ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) रामबहादुर केसीले बताएका छन् ।

उनीहरूलाई बञ्चरो, कोदालो प्रहार गरी हत्या भएको एसपी केसीले बताए । हत्याको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन् ।

घर्ती पेसाले अटो चालक हुन् । चालक घर्ती घोराही उपमहानगरपालिकको वडा नं. १६ चौघेरामा कोठा भाडामा बस्दै आएका थिए ।

हत्या भएका ती दुई महिला कोठा भाडा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी महिलाहरूको हत्या भएको एसपी केसीले बताएका छन् ।

संगीता सुनारको स्थायी ठेगाना सुर्खेतमा पर्छ । जुतली बुढाको स्थायी ठेगाना रूकुम जिल्लामा रहेको खुलेको छ ।

Published : Saturday, 2024 May 11, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया