बर्दियामा करणी काण्डमा लक्ष्मण थारु पक्राउ

नेपालगञ्ज । बर्दिया जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २५ वर्षीय लक्ष्मण थारुलाई पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ औंरी बस्ने थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 November 19, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया