सौतेनी आमा र मामाको कर्तुत्, १७ वर्षीया खातुनको चिहानमा भेटियो शव

काठमाडौं । सर्लाही जिल्लामा १७ वर्षीया तबसुन खातुनको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हरिवन नगरपालिका–११ बालगंगा खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।

कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलेर हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2023 November 18, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया