काठमाडौं प्रहरीलाई शक्तिशाली सफलता, २८ जनाको ग्याङ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा छापामारेर १४ लाख नगदसहित २८ जना जुवाडे पक्राउ गरेको छ ।

मंगलबार राति काठमाडौं–६ बौद्ध सिमलटारका वाङ्चु शेर्पाको घरबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगदसहित जुवाडेहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

जुवा अखडा सञ्चालन गर्ने ४० वर्षीय लालबहादुर विकसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जुवा खालबाट प्रहरीले ३० थान कौडा, २१ बुक तास, भारू ११ हजार ४ सयलगायत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

Published : Wednesday, 2021 July 7, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया