काठमाडौंमा चिनियाँहरूको ग्याङ पक्राउ, नेपालविरुद्ध अचम्मको हर्कत

काठमाडौं । प्रहरीले चार जना चिनियाँ नागरिकहरूलाई तस्करीको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ ।

सोमबार राति प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको भन्दै चिनियाँ नागरिकलाई काठमाडौंको ठमेल नजिकैको ज्याठास्थित जियाङ्यु खाजन होटलबाट पक्राउ परेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको बालुवाटार बस्ने चीन युनान प्रान्तका जिउ पियुचिङ, काठमाडौं ठैटी बस्ने चीन हुबे प्रान्तका जिङविङ, हेनान प्रान्ताका निउ युङ र जुआङगदोञ्ज प्रान्तका पियुङ हुई रहेका छन् ।

ज्याठामा चिनियाँ नागरिक जम्मा भई सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको फेला परेको प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिकहरूको साथबाट नगद आठ लाख ८९ हजार, जुवातास खेल्न प्रयोग गरेको दुई थान विद्युतीय टेबल, जुवातास खेल्न प्रयोग हुने ४१० थान प्लाष्टिकको गोटी, सात थान मोबाइल, एक थान बाघको छालाजस्तो देखिने वस्तु, २० थान गाईको छालाजस्तो देखिने वस्तु र २० थान कस्तुरीको बिनाजस्तो देखिने वस्तु फेला परेको छ ।

प्रहरीले ९०० थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, विभिन्न चिनियाँ बैंकको ३५ थान एटिएम कार्ड, २५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), दुई थान बाघको दाँतजस्तो देखिने वस्तु, दुई थान खुकुरी र एक थान तरबार पनि बरामद गरिएको छ ।

Published : Tuesday, 2021 July 6, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया